मोडल थापाको स्मृतिमा अक्षयकोष - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

मोडल थापाको स्मृतिमा अक्षयकोष



बुटवल, १९ फागुन । गुल्मी मुसिकोटमा अवस्थित पृथ्वी माध्यमिक विद्यालयमा छात्रवृतिका लागि स्थापना गरिएको अक्षयकोषका लागि तीन लाखबढीको रकम हस्तान्तरण गरिएको छ ।

मोडल तथा नायिका स्वर्गिय बिना थापाको स्मृतिमा स्थापना गरिएको अक्षयकोषका लागि संकलन भएको तीन लाख रुपैया विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरे, विद्यालयका प्रधानाध्यापक चन्द पाण्डे, पुर्व विद्यार्थी हिमाल कार्की, त्रिभुवन मल्ल, सुमेन्द्रसिंह ठकुरी लगायतले थापाको निधनले आफुहरुलाई दुखि बनाएतापनि पुर्व विद्यार्थी समेत रहेकी थापाको स्मृतिमा खोलिएको अक्षयकोषले गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक कृयाकलापमा सघाउने बताउनु भएको थियो ।

पुर्व विद्यार्थी प्रतिमा राना मगरको स्वागतमा भएको कार्यक्रमको संचालन कल्पना पन्थीले गर्नु भएको थियो ।