विप्लवको चेतावनीले सलमान खानको नेपाल भ्रमण स्थगित - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

विप्लवको चेतावनीले सलमान खानको नेपाल भ्रमण स्थगित



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेकपा माओवादीले कडा चेतावनी दिएपछि बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित गरिएको छ ।

अभिनेता खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । शोमा अभिनेत्री सानोक्षी सिन्हा लगायत पनि उपस्थित हुने भनिएको थियो । तर, विप्लव नेतृत्वको नेकपाको चेतावनीलाई कारण देखाएर खानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।

सैनिक मञ्चमा भारतीय कलाकारले कार्यक्रम गर्न लागेको र त्यसले राष्ट्रियता र नेपाली संस्कृतिमाथि अतिक्रमण हुने भन्दै विप्लव नेकपाले कार्यक्रम नगर्न चेतावनी दिएको थियो ।

मदिराको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको भनेर समेत नेकपाले विरोध जनाएको थियो ।