ओलीबाटै सिलवाल ‘युज एण्ड थ्रो’ - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

ओलीबाटै सिलवाल ‘युज एण्ड थ्रो’



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले गत निर्वाचनमा नवराज सिलवाललाई गर्नसम्म प्रयोग गर्नुभयो । आईजीपी बन्नबाट रोकिएका उहाँमाथि अन्याय भएको विषयले दशभर चर्चा पायो ।

सिलवालप्रति न्युट्रल मतदाताले सदाशयता देखाए । तल्लो तहसम्म फैलिएको एमालेको संगठनले सिलवाललाई प्रयोग गरेर सेन्टिमेन्ट लिनुपर्ने विषय ओलीसम्म पुर्यायो । लगत्तै एमालेका काठमाडौं उपत्यकामा केही प्रभावशाली नेताले सम्पर्क गरी सिलवाललाई एमाले अध्यक्ष केपी ओलीसम्म पुर्याए । ओलीले उहाँलाई संसदमा लाने वचन दिनुभयो । त्यसपछि डीआईजीको राजीनामामा स्वीकृत नभई एमाले प्रवेश गर्नुभएका सिलवालले जय नेपालबाट लाल सलाम भन्न थाल्नुभयो ।

ओलीले सिलवाल समेत कार्यक्रममा भविष्यमा गृहमन्त्री बनाइने भनाई राख्नुभयो । सिलवाललाई भावी गृहमन्त्री भन्दै प्रचार गरियो । एमालेले निर्वाचन जित्न कठिन भनिएको ललितपुर १ मा सिलवाललाई टिकट दिइयो ।

कुनै राजनीतिक धरातल नभएका सिलवालले लोकप्रियताका आधारमा मत ल्याउनुभयो । सिलवालमाथि आईजीपी बन्न नदिएर अन्याय गरिएको प्रचारको आधारमा मत तान्ने काम भयो । उहाँ भावी गृहमन्त्री भन्दै प्रचार गरियो । ओलीले नै यस्तो भनेपछि धेरैले पत्याए । तर, ओलीले आईजीपी प्रकरणलाई एमालेको हितमा ढालेर फाइदासमेत लिनुभयो । सिलवाल गृहमन्त्री त के सहायकमन्त्री समेत नबनाइने अवस्थामा हुनुहुन्छ । आजको विमर्श साप्ताहिकबाट ।