प्रदेशलाई फोहोरमुक्त बनाउने निर्णय,फोहोर र अटेर गर्नेलाई ३ महिनासम्म जेल - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

प्रदेशलाई फोहोरमुक्त बनाउने निर्णय,फोहोर र अटेर गर्नेलाई ३ महिनासम्म जेल



नागरिक/काठमाडौं। प्रदेश ७ को दोस्रो मन्त्रिपरिषद् बैठकले प्रदेशलाई फोहोरमुक्त बनाउने निर्णय गरेको छ ।

सरसफाई अभियान थालेर फोहोरमुक्त बनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन् मन्त्री प्रकाश शाहले बताएका छन् ।

प्रदे्शको ७ को अस्थायी राजधानी धनगढी, कैलालीका अन्य स्थान र ८ जिल्लामा सरसफाई अभियान गरेर फोहोरमुक्त बनाउने निर्णय गरेको हो ।

फोहोर गर्ने र निश्चि स्थानमा फाल्न अटेर गर्नेलाई ३ महिनासम्म प्रजिअले जेल हाल्न सक्ने प्रावधानलाई लागु गरिने उनको भनाई छ ।