झरना युवाक्लवद्वारा फागु विशेष कार्यक्रम सम्पन्न
केशव पोखरेल
रंगहरुको पर्व को रूपमा परिचित होली ( फागु) गांऊघरबाट लोप हुँदै गएको र त्यसको संरक्षण गर्नुपर्ने भन्दै मालारानि ३ खनदहका युवाहरूको पहलमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
मालारानि ३ ( साबिकको खनदह ८) काे जनमुखी झरना युवा क्लबको आयोजनामा उक्त कार्यक्रम आज सम्पन्न भएको छ ।कार्यक्रम मालारानि गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यको प्रमुख आथित्यतामा सम्पन्न भयो ।कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष आचार्यले होलीको जगेर्ना गर्न लागि परेको भन्दै ती युवाहरूलाई विशेष धन्याबाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लेखनाथ खनालले होलीको नाममा विकृति मौलाऊदै गएको भन्दै त्यस्ता बिकृतिहरुको अन्त्य हुनु पर्ने बताए ।त्यसै गरी क्लबका पूर्व अध्यक्ष हेमराज पोखरेलले लोप उन्मुख मौलिक चाड्वाड तथा संस्कृति लाई अघिल्लो पिढिबाट सहज रूपमा ग्रहण गरी आउँदो पिढिमा हस्तान्तरण गर्नु नै आजका सभ्य युवा हरूको कर्तव्य भएको भन्दै उक्त कार्यक्रम को खुलेर प्रसम्सा गरेका थिए ।
मालारानि गाउँपालिकाको विशेष सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम लेखनाथ खनालको सभापतित्व एवं सचिव सन्तोष खनालको सञ्चालनमा सम्पन्न गरिएको थियो ।