शंकराचार्य जयेन्द्र सरस्वतीको निधन - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

शंकराचार्य जयेन्द्र सरस्वतीको निधन



काठमाडौं । काँचीपुरम मठका ८२ वर्षीय शंकराचार्य जयेन्द्र सरस्वतीले महासमाधि पाएका छन् । उनको महासमाधि भन्दा पहिले परम्परागत तरिकाबाट पूजापाठ तथा सबै जरुरी संस्कार सम्पन्न गरिएको थियो । उनी ६९ औ शंकराचार्य तथा काँची कामकोटी पीठका पीठाधिपति पनि थिए।

भारतको सबैभन्दा शक्तिशाली सन्त मानिने शंकराचार्यको महासमाधि प्रक्रिया प्रक्रिया बिहीबार सुरु गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस समयमा उनलाई श्रद्धाञ्जली दिनको लागि देशका नामी सन्त तथा मठाधीसहरु पुगेका थिए। तमिलनाडुका राज्यपाल बनवारीलाल पुरोहित समेत शंकराचार्यको दर्शन गर्नको लागि तथा उनलाई श्रद्धाञ्जलि दिनको लागि गएका छन् । पछिल्लो महिना जयेन्द्र सरस्वतीलार्इ अचानक सास फेर्न समस्या भएपछि उनलार्इ अस्पतालमा भर्ना गरार्इएको थियो ।

पञ्चतत्वमा विलीन

हिन्दू मान्यताका अनुसार शंकराचार्य जो पायो उसैलार्इ बनाउन सकिँदैन । शंकराचार्यलार्इ भगवान शंकरको अवतार मान्ने गरिएको छ । हिन्दू धर्ममा शंकराचार्य सर्वोच्च पद हुन्छ। महासमाधिको प्रक्रिया पूरा भएपछि शंकराचार्य जयेन्द्र सरस्वती पञ्चतत्वमा विलीन भएका छन्।

हिन्दू धर्ममा सबैभन्दा अहम तथा शक्तिशाली सम्झने तमिलनाडु स्थित काँची पीठका पीठाधिपतिको रूपमा जयेन्द्र सरस्वतीले राजनीतिक रूप समेत एक शक्तिशाली सन्तको रुपमा जीवन जिए । जयेन्द्र सरस्वतीलार्इ बेदको ज्ञाता मान्ने गरिएको छ। भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी समेत यिनका प्रस‌ंसक मध्ये एक थिए । जयेन्द्र सरस्वतीले अयोध्या विवादको हलका लागि पनि पहल गरेका थिए । यसको लागि वाजपेयीले समेत उनको खुलेर प्रशंसा गरेका थिए ।