रेल दुर्घटनामा १० जनाको मृत्यु ,१५ घाइते
एजेन्सी । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठाेकिएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ताले घाइतेको नजिकैकाे अस्पतालमा उपचार भइरहेको जानकारी दिए। सिन्ह्वा