माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक



अर्घाखाँची: पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ ।

रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा गएराति उहाँको आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो । उहाँका श्रीमति, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।