माझीहरुको कोशी पुजा सम्पन्न , मेयर द्वारा १ लाख सहयोग ।
ओम प्रकाश बानियाँ /बराहनगरपालिका ५
माझी जातिहरुको महान् पर्व १२ औं कोशी लेदि पुजा बराह ७ सिसौली घाटमा सम्पन्न भएको छ ।
का. ब. अध्यक्ष धनश्याम माझीको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, बिशेष अतिथि र अतिथिमा प्रदेश सासद बुद्धिमान माझी, तिर्थ माझी, बराह नगरपालिकाका मेयर निलम खनाल, बुद्धिजीवी, समाजसेवी, पत्रकार एबम सामाजिक अभियानताहरुको बाक्लो अपस्थिती रहेको थियो ।
बराह नगरपालिकाका मेयर खनालले कोशी पुजाको अति नै महत्त्व रहेको कुरा बताउनु भयो । मेयरले कोशी पुजाको लागि नगरपालिकाको तर्फबाट रु १ लाख सहयोग हस्तान्तरण गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईले माझी जातिहरुको उत्थानको लागि आफुले सक्ने सहयोग गर्ने बताउनु भयो । राईले ज्ञापन पत्र बुझ्दै माझीहरुको माग आफ्नो कार्यकालमा सम्बोधन गर्ने बताउनु भयो ।
कार्यक्रमका सभापति एबम का. ब. अध्यक्ष घनश्याम माझीले कोशी पुजाको दिन सरकारले रास्टिय विदा दिनु पर्ने बताउनु भयो । सबै जातिले जस्तै माझी जातिहरुले पनि नेपाल विकासको लागि अतुलनीय योगदान रहेको बताउनु भयो ।
माझी जातिहरु क्रमश सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटा, खोटाङ आदि जिल्लामा बसोबास गर्छन् ।