गृहमन्त्रीको प्रहरी अधिकारीहरुलाई निर्देशन : दबाब र प्रभावबाट मुक्त भएर सेवा गर्नुस - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

गृहमन्त्रीको प्रहरी अधिकारीहरुलाई निर्देशन : दबाब र प्रभावबाट मुक्त भएर सेवा गर्नुस



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दबाब र प्रभावबाट मुक्त भएर सेवा प्रवाह गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री थापाले बुधबार (आज) नेपाल प्रहरीको मुख्यालय नक्सालमा उच्च प्रहरी अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । थापाले प्रहरीलाई चुस्तदुरुस्त राख्न आवश्यक पर्ने ऐननियमहरु ल्याउन सरकार तयार रहेको बताए ।

नेपाल प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त रहँदै शान्ति सुरक्षामा दृढतापूर्वक लाग्न थापाले निर्देशन दिए । फागुन १४ गते गृहमन्त्रीमा नियुक्त भएपछि थापाले पहिलोपटक प्रहरी प्रधान कार्यालयको अनुगमनमा गएका हुन् ।

गृहमन्त्री थापालाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिबारेमा ब्रिफिङ गरेका थिए । गृहमन्त्री थापाले ७ वटै प्रदेश प्रहरी प्रमुखसँग पनि भिडियो कन्फ्ररेन्स गरेका थिए ।