देउवाद्वारा संसदीय दलको नेतामा उम्मेदवारी घोषणा - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

देउवाद्वारा संसदीय दलको नेतामा उम्मेदवारी घोषणा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाद्वारा आफ्नै निवास टोखामा आयोजित दिवा भोजमा पुगेका नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गरेका छन । पत्रकारहरुको प्रश्नको उत्तर दिदै देउवाले संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।

होलीको नाम दिएर महामन्त्री कोइरालाले निर्वाचित तथा समानुपातिक सबै काँग्रेसका सांसदहरु तथा केन्द्रीय सदस्यहरुलाई दिवा भोजका लागि डाकेका हुन् । महामन्त्री निवास टोखामा अधिकाशं शिर्ष अन्य नेताहरु दिवा भोजमा सहभागि हुन पुगिसकेका छन् । काँग्रेसका महामन्त्री कोइरालाले संसदीय दलको नेता बन्न इच्छा देखाइसकेका छन् ।

उनले सर्वसम्वत रुपमा संसदीय दलको नेता हुनको लागि लबिङ स्वरुप दिवा भोज आयोजना गरेको कतिपयको बुझाइ रहेको छ । महामन्त्री कोइरालाले सर्वसम्वत रुपमा पाएका दलको नेता हुने तथा निर्वाचनमा नजाने यस अघि नै बताएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिहले समेत संसदीय दलको नेताको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

निर्वाचनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्तालिका प्रकाशन गर्ने, २० गते उम्मेदवारी दर्ता गर्ने र २१ गर्ने निर्वाचन गर्ने निर्वाचन समितिले जनाएको छ ।

महामन्त्री कोइराला भने अहिले पनि सहमतिमा नै दलको नेता चयन गर्नुपर्ने बताउदै आएका छन् । उनले अहिलेको परिस्थितिमा राम्रो सन्देश दिन समेत सहमतिमा नै दलको नेता चयन हुनु पर्ने उनको धारणा रहेको छ ।