ओलीको गृहजिल्लामा किन जादैछन पूर्वराजा ?
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता झापा जाँदैछन् । पूर्वराजासंग पूर्व रानी कोमल पनि झापा जाने कार्यक्रम रहेको छ ।
पूर्वराजाको झापा बसाइबारे विस्तृतमा विवरण नदिइए पनि पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले जारी गरेको विज्ञप्तिमा आगामी हप्ता झापा जाने जनाइएको हो ।
स्रोतका अनुसार पूर्वराजाको यो झापा भ्रमण सुदूरपश्चिम र मध्यपश्चिमसंगै भारत भ्रमणको श्रृंखला हो ।
स्रोतका अनुसार पूर्वराजा फागुन २० गते झापा जाने कार्यक्रम रहेको छ । भद्रपुर हुँदै झापा जाने र दमक दरबारमा बसाइ हुनेछ ।
पूर्वराजा र पूर्वरानी झण्डै तीन हप्तासम्म झापा बस्ने बुझिएको छ ।
सुदूरपश्चिमबाट ‘राजा फेरि शक्तिमा नआइ हुन्न’ भन्ने सन्देश पाएर हौसिएका पूर्वराजाको झापा भ्रमणले अझै अर्थ राख्ने बुझिएको छ ।
शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेका समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग सहकार्यको छलफल भए पनि अहिलेसम्म त्यो पूरा हुने नदेखिएपछि पूर्वराजा र पूर्वराजसंस्थामा ओलीप्रति नकारात्मक भाव देखिइरहँदा ओलीकै गृहजिल्लामा पूर्वराजा जानुलाई अझ बढी अर्थपूर्ण रुपले हेरिएको छ ।