कर्णाली प्रदेशका शाहिले पाए विश्वास मत , अर्को बैठक अनिश्चतकालका लागि स्थगित - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

कर्णाली प्रदेशका शाहिले पाए विश्वास मत , अर्को बैठक अनिश्चतकालका लागि स्थगित



सुर्खेत, । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेससभाको आज बसेको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

उहाँले संविधानको धारा १६८ को उपधारा २ अनुरूप विश्वासको मत माग्दै प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रस्तावको पक्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का ३२ सदस्य तथा विपक्षमा नेपाली काँग्रेसका ५ र राप्रपाका एक गरी छ जना सदस्यले मतदान गरेका थिए ।

यसअघि प्रस्तावको सर्मथन गर्दै नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले फागुन ३ गते प्रदेश प्रमुखलाई दिएको हस्ताक्षरलाई कायमै राख्ने र सरकारको पक्षमा मत दिने बताउनुभयो ।

उहाँले सरकारले सहकार्यको बाटो अवलम्बन गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरू रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताउँदै सरकारले गरेका कामका आधारमा सर्मथन तथा विरोध गर्ने धारणा व्यक्त गर्नुभयो ।

राप्रपाका सोशीला शाहीले आफ्नो पार्टीको संविधानका केही धारामा मतभेद भएपनि समृद्धिका लागि सबैसँग सहकार्य गर्दै जाने बताउनुभयो ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रदेससभाको अर्को बैठक स्थगित गरिएको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभयो । (रासस)