१३ वर्षीया बालिका बलात्कार गर्नेलाई आठ वर्ष कैदर रु २५ हजार क्षतिपूर्ति - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

१३ वर्षीया बालिका बलात्कार गर्नेलाई आठ वर्ष कैदर रु २५ हजार क्षतिपूर्ति



इलाम- बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम चुलाचुली–९ का २७ वर्षीय राजमान भनिने राजु लिम्बूलाई जिल्ला अदालत इलामले आठ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको ३ (२) बमोजिम लिम्बूलाई आठ वर्ष कैद र रु २५ हजार पीडितका नाममा क्षतिपूर्ति भराउने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए।

१३ वर्षीया एक बालिकालाई २०७३ साल चैत २६ गते बलात्कार गरेको आरोपमा लिम्बूलाई प्रहरीले गत वैशाख २ गते पक्राउ गरेको थियो। रासस