वुटवल महिला जेसीजको २२ औ पदस्थापन कार्यक्रम सम्पन्न
वुटवल । वुटवल महिला जेसीजको २२ औ पदस्थापन कार्यक्रम एक समाहरोका बिच सम्पन्न भएको छ । वर्ष १७ का अध्यक्ष जेसी रुपा पाण्डेयले वर्ष १८ का अध्यक्ष जेसी राधिका पोखरेललाई पद हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
वर्ष १८ लागी मुख्य प्रकरण पूर्णताका लागी नेतृत्व रहेको छ । अध्यक्ष जेसी राधिका पोखरेलले आफ्नो कार्यसमीतीलाई पनि पूर्णता दिनु भएको छ । जसको महासचिवमा लक्ष्मी थापा ,कोषाध्यक्ष धनु श्रेष्ठ कानुनी सल्लाहाकारमा उषा खत्री रहनु भएको छ ।
पूर्व अध्यक्ष वाट सल्लाहाकारमा कल्पना जोशी ,वालकुमारी भण्डारी ,उर्मीला श्रेष्ठ ,बुलबुल श्रेष्ठ ,सरिता श्रेष्ठ ,राजुदेवि खनाल रहनु भएको छ ।
अध्यक्ष सल्लाहाकारमा कल्पना पाण्डेय ,लक्ष्मी भटराई गैरे र जानकी नेपाल नियुक्त हुनु भएको छ ।कार्यक्रममा न्यायधीश शान्ता सेडाई ,एसपी श्याम ज्ञवाली ,जेसीजका पूर्व केन्द्रय अध्यक्ष जगत् व पोखरेल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।