चैत्र १३ गते देखि १७ गते सम्म काठमाडौंमा लोकदोहोरी गीत प्रतियोगिता हुने
हिमाल पोस्ट /काठमाडौं
लोकदोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही चैत्र १३ गते देखि १७ गते सम्म लोकदोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
अर्ना बियरको मुख्य प्रायोजन रहने उक्त प्रतियोगितामा देश भरिका दोहोरी प्रतियोगिहरुले भाग लिन पाउने छन् ।
अर्ना लोकदोहोरी गीत प्रतियोगिता नाम दिइएको सो प्रतियोगिता काठमाण्डौको भृकुटी मण्डवमा हुने छ । दोहोरीमा रमाउनेहरुको लागी यो कार्यक्रम महत्त्वपूर्ण हुने छ । प्रतिष्ठानले यस अगाडी पनि प्रतियोगिता सञ्चालन गरेको थियो ।
कार्यक्रमको लागी भनेर करिब एक दर्जन कलाकारहरूको आवाजमा गीत समेत रेकर्ड गरिएको छ भने सो गीतको म्युजिक भिडियो समेत निमार्ण गरिएको छ । गीतको लय तथा शब्द सर्जक शिव हमालले बनाएका छन् ।
प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले कार्यक्रम सफल बनाउन सबैबाट सहयोग पाउनेमा आफूहरू आशावादी रहेको बताए ।