केपी ओली देशभक्त हो भन्ने कुरा म कहिले पनि मान्दिन - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

केपी ओली देशभक्त हो भन्ने कुरा म कहिले पनि मान्दिन



भरत दाहाल, विश्लेषक । जन्म २०१८, दाङ । राजनीतिशास्त्रमा स्नातकोत्तर । २०३४ सालदेखी बिद्यार्थी राजनीतिमार्फत बामपन्थी आन्दोलनमा सक्रिय । सुरुमा ने.क.पा. (चौथो महाधिवेशन) त्यसपछि ने.क.पा. (मसाल) त्यहाँ बिद्रोह गरी ‘डाइनामिक यूथ लिग’ गठन । पछि ने.क.पा.(मशाल) मा बिलय । ०४९ सालमा एकताकेन्द्र हुँदै माओवादी आन्दोलनमा । भुमिगत राजनीति सुरु । २०५५ सालमा माओवादीवाट बिद्रोह गरी ‘देशभक्त कम्युनिष्ट लिग’ गठन ।

०५७ मा एकताकेन्द्रमा बिलय । एकताकेन्द्र माओवादीमा बिलय भएपछि पुन बिद्रोह । अहिले राष्ट्रिय जागरण अभियान नामक संगठनमा क्रियाशिल । माओवादीका कडा आलोचक । अचेल राष्ट्रवादका एजेन्डाहरुमा सामाजिक सञ्जा लमा तिखो बहस छेडिरहेका पाइन्छन्, दाहाल । फेसबुकमा उनले लेख्ने टिप्पणीहरुलाई कतिले अमर्यादित मान्छन् भने कतिले साहसिक र सत्यको नजिक भन्दै तारिफ पनि गर्छन ।

भरत दाहालसित टीकाराम यात्रीले तमसोमा ज्योतिर्गमयमा उनका अमर्यादित(?) साहसिक(?) टिप्पणीबारे ? बाम एकताबारे ? नेपालमा रहेका बिदेशी गुप्तचर संस्थाबारे ? नेपालमा बिदेशी शक्तिकेन्द्रको प्रभावबारे ? कुन शक्ति केन्द्रको नेपालमा के-के स्वार्थ छन् भन्नेबारे ? कुन नेता कस्तो भन्नेबारे ? गरिएको अन्तर्वार्तामा दाहालल ब्यक्त गरेको विचारका सारसंक्षेप निम्नानुसार छ :-

यतिबेलाको नेपाल दोश्रो विश्वयुद्धकालिन प्यालेष्टाइन हो । प्यालेष्टाइनको विसर्जन गरी इजरायलको स्थापना मार्फत् जसरी साम्राज्यवादीहरुले खाडीमा आफ्नो स्थायी आधार निर्माण गरेका थिए, नेपाल त्यहि दिशामा प्रयोग भैरहेको दाबि विश्लेषक दाहालको छ , अन्तर्वार्तामा जसको प्रमाण स्वरूप बिभिन्न उदाहरण पनि दिएका छन् दाहालले , नेपाललाई प्यालेस्टाइन हुन् नदिने राष्ट्रबादी समुह र देश द्रोही समुह बीच तुरुन्त किता काट हुनु पर्ने तर्क राखेका छन् दाहालले ।

माओबादी जनयुद्ध बिदेशीको डिजाइनमा भएको हो जसलाई जति नै नेपालको परिवर्तनसंग जोडे पनि यसको उद्गम बिन्दु भनेको बिदेशी षडयन्त्रबाट भएको पुष्टि भैसकेको छ । जनयुद्धका १० वर्षको बीचमा माओवादीका ३५ वटा केन्द्रीय भेलामध्ये ३१ वटा भारतमा भएका थिए । त्यो पनि दुर्गममा होइन, दिल्ली, फरिदावाद, हरियाणा, कानपुर, सिलगुडी, लखनउजस्ता ठूला शहरमा । तर पनि माओबादी जनयुद्धको योजनाकारहरु भनेको चै पश्चिमा इसाई देशहरु भएको हो तर यसमा भारत चै पछि जोडिन आयो जसको ०४६ सालयता नेपालको भू-राजनीतिलाई प्रयोग गरेर भारतले जुन डिजाइन बनायो, त्यसको अंगकै रुपमा माओवादी विद्रोहको नक्सा कोरिएको रहेछ भन्ने निस्कर्ष निकाल्न सकिन्छ ।

”केपी ओली देशभक्त हो भन्ने कुरा म कहिले पनि मान्दिन !”

नेपालको भूराजनीतिको प्रयोग गर्दै चीनलाई घर्ने रणनीति अनरुप यी घटनाहरु हुदैछ ।तर कुनै कुनै एजेन्डासंग चीन र भारत पनि नेपालको सन्दर्भमा मिल्ने गरेको उदाहरण दिदै राष्ट्रसंघीय मिसन अनमिनलाई नेपालबाट हटाउन चीन र भारत मिलेको देखिन्छ ।

भारतको पुर्बोतर राज्य र नेपालको इसाई मिशनको केन्द्र सिलगुडी भएको इसाई मिसनको डकुमेन्ट मै रहेको छ दाबी गर्दै पश्चिमा इसाई राष्ट्रहरुले एशियाको सभ्यता नष्ट गर्न लागेको स्थितिमा सिलगुडी केन्द्रले महत्वपूर्ण हैसियत राखेको विचार राखेका छन् । माओबादीको बन्दुकजहाँ जहाँ गयो त्यहाँ त्यहाँ चर्च निर्माण भयो । दाहालले आफैले भोगेको ब्यथालाई भन्दै माओबादी जनयुद्धबारे यति कठोर टिप्पणी गर्दै भन्छन ”माओवादी आन्दोलन इसाइ बिद्रोह थियो ” जसलाई प्रस्तोता यात्रीले दुसाहसिक भन्दै टिप्पणी गरेका छन् ।

राष्ट्रको समानान्तर जातीय पहिचानलाई उठाउने काम नै देशलाई टुक्र्याउने उद्देश्यबाट आएको छ जसलाई पहिचान र संघीयताको नाममा विदेशीले थोपरेको दाबि गरेका छन् दाहालले । अन्तर्वार्ताकोक्रममा सिआइएले संसार भरि ९०० कम्युनिष्ट पार्टीहरु जन्माएर संचालन गरेको जानकारी पनि गराए दाहालले ।

माओबादी र एमाले एकताले एमालेलाई फुटाउन पनि सक्छ, ओलीलाई दह्रो पनि साथै कम्जोर पनि बनाएको छ यो एकताले ।
ओलीको हातबाट शक्ति खोस्ने लडाई अब एमाले भित्र शुरु हुन्छ । बिभिन्न राजनैतिक ब्यक्ति र घटनाले हेर्ने आफ्नै कोण रहेको बताउदै दाहाललेले एमाले अधक्ष्य एवम् प्रधानमन्त्री ओलीलाई आफुले कहिले पनि देशभक्त नमानेको तर पनि ओलीले पहिलो पल्ट प्रधानमन्त्री हुदा लिएको केहि अडान र चीनसंग गरिएको सन्धि सम्झौताले देशलाई फाइदा पुर्याएको कारणले यसलाई भन्ने प्रसंसा गरेको बताएका छन्

 

Click Here Bharat Dahal on Tamasoma Jyotirgamaya