अर्घाखाँची सम्पर्क मञ्च द. कोरियाद्वारा मिर्गौला पीडित जलजला परियारलाई सहयोग रकम हस्तान्तरण - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

अर्घाखाँची सम्पर्क मञ्च द. कोरियाद्वारा मिर्गौला पीडित जलजला परियारलाई सहयोग रकम हस्तान्तरण



केशव पोखरेल /द. कोरिया

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न .१ चुत्रावेसी निवासी बाबु नारायण परियारकी छोरी – नेपाली तारा सिजन -३ बाट र बाटोमुनिको फुल २ लगायतका फिल्महरूमा आवाज दिएर आफू र जिल्लालार्इ राष्ट्र सामु चिनाउन सफल गायिका जलजला परिवारको दुवै मृगौलाले काम गर्न छोडेपछि उनको अहिले टिचिंग अस्पतालमा उपचार भइरहेको छ ।

उनको दुवै मृगौलाले काम गर्न छोडेको र बिरामी गायिका जलजला परियारलाई उनको मृगौला उपचारका लागि मोटो रकमको आवश्यक परेको र उहाँ को परिवार अर्थिक अवस्थाका कम्जोर रहेको हुनाले अर्घाखाँची सम्पर्क मञ्च द.कोरिया द्वारा संस्थाका कोषाधक्ष राज खनालकोको संयोजकत्वमा अभियान चलाइएको थियो

अर्थिक सहयोग सङ्कलन अभियान बाट सङ्कलित ने.रु ११३३५०(एक लाख तेह्र हजार तीनसय पचास) संस्थाका सल्लाकार प्रकाश् बेल्बासेले पीडितका बुबा नारायण परियारलाई हस्तान्तरण गरेका छन् ।सहयोगी मन सम्पूर्णलाई हार्दिक धन्यवाद साथै जलजला परियारकोको शीघ्र स्वास्थ्य लाभ को कामना समेत मन्चले गरेको छ ।