बाँधिराखेको गाईमाथि करणी गर्ने एक जना पक्राउ - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

बाँधिराखेको गाईमाथि करणी गर्ने एक जना पक्राउ



 विराटनगर। पशु करणी गरेको आरोपमा गएराति सुनसरीमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

भारतको माल्दा घर भएका ४० वर्षीय तपन घोषलाई सुनसरीको इटहरी उपमहानगरपालिका १८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि स्थानीय राधा राईको गाई गोठमा बाँधिरहेको गाईलाई करणी गरेको आरोप लागेको छ।

घोषले मादक पदार्थ सेवन गरी शुक्रबार राति करिब साढे १० बजे गाईलाई करणी गरेको प्रहरीले जनाएको छ। उनी इटहरी उपमहानगरपालिका १८ स्थित माछा पोखरीमा काम गर्ने मजदुर हुन्।

घोषलाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।