स्याङ्जामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन
स्याङजा । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्याङ्जाले मायाटारीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली र जनसरकार उपप्रमुख पदम राईलगायत युवाका जिम्मेवार नेताहरुलाई राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न जाँदा विराटनगरबाट विनाकारण पक्राउ गरेको विरोधमा पुत्ला दहन गरिएको हो ।
पक्राउ गरेका नेताको रिहाईको माग राख्दै पार्टी केन्द्रको पूर्व घोषित कार्यक्रम अनुरुपनै पुत्ला दहन कार्यक्रम गरेको हो । यस्तै, स्याङ्जाको वालिङमा कोण सभा गर्दै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना विरोधका कार्यक्रम समापन गरेको छ ।