काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटना ,३० जना घाइते - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटना ,३० जना घाइते



नवलपरासी, रासस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला सुनवलमा भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको टायर पड्केर विपरित दिशाबाट आउदै गरेको युपी ८३ एटि ३९६६ नं को भारतीय ट्रकमा ठोकिँएपछि सो दुर्घटना भएको हो ।

घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र भूमहिको सामुदायिक अस्पतालमा उपचार भइरहेको सुनवल इलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अझै घाइते हुनसक्ने अनुमान प्रहरीकोे छ ।फाईल तस्बिर