यस कारण उत्रियो तरुण दल राष्ट्रपतिविरुद्ध सडकमा ! - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

यस कारण उत्रियो तरुण दल राष्ट्रपतिविरुद्ध सडकमा !



काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसको भ्रातृ संगठन तरुण दल राष्ट्रपतिविरुद्ध सडकमा ओर्लिएको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रोकेर राष्ट्रपति भण्डारीले केपी ओली नेतृत्वको सरकारको सिफारिस सदर गरेपछि तरुण दल सडकमा देखिएको हो ।

वुधबार तरुणहरुले, राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरे । कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस रोकेर राष्ट्रपतिले स्वेच्छाचारी निर्णय गरेको भन्दै काँग्रेसका तरुणहरुले दलीय स्वार्थ प्रेरित निर्णयको विरोध गरेका हुन् ।

सडकमा नारा लगाएका तरुणहरुले भने, ‘संविधानको संरक्षकले नै एउटा राजनीतिक पार्टीको कोठे अध्यारोमा बसेर गरेका यस्ता खाले असंवैधानिक निर्णयहरु तुरुन्त सच्याउन माग गर्दछौँ ।’ यस्तै, काँग्रेसका अन्य भ्रातृ संगठनहरुले समेत आन्दोलन थाल्ने उद्घोष गरिसकेका छन् ।