तिन दिने लेखा तालिम सुरु - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

तिन दिने लेखा तालिम सुरु



बुटवल । रुपदेही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले सिकेको सीप व्यहारमा उतार्नु पर्नेमा जोड दिएका छन् ।

हाम्रो जवलिंक एण्ड ट्रानिङ्ग सेन्टर बुटवल ट्राफिक चौकको आयोजनामा भएको तिन दिन लेखा तालिमको बुधवार शुभारम्भ गर्दै उनले काम सानो वा ठुलो नहुने भन्दै सिकेको सीपलाई पुर्णरुपमा व्यहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै संस्था सञ्चालक पवन शाह, चार्टड एकाउन्टेन प्रमोद पन्थी, सञ्चालक सन्दीप न्यौपाने, प्रितम अधिकारी, कृष्ण प्रसाद न्यौपाने, कृष्ण खनाल लगायतले बोलेका थिए । तालिममा रुपन्देही, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका ७० जनाको सहभागीता रहेको छ ।