ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रलाई ६ मन्त्रालय दिने तयारी - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रलाई ६ मन्त्रालय दिने तयारी



काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रलाई ६ मन्त्रालय दिने तयारी गरिएको छ।

पार्टी एकता र सरकारको भागबण्डालाई प्याकेजमै सहमति गरेका वाम गठबन्धनले करिब १५ वटा मन्त्रालय समावेश गर्दै सरकार चलाउने तयारी गरेको छ।

एमाले स्रोतका अनुसार नयाँ सरकारमा माओवादीलाई गृहसहित ६ मन्त्रालय दिने तयारी गरिएको छ। माओवादीले गृहसहित भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका केही ठूला मन्त्रालयमा दाबी गरेको छ। मन्त्रालय भागबण्डाको विषयमा प्रमुख दुई नेताले आन्तरिक छलफल गरे पनि अन्तिम निर्णय हुन बाँकी छ। सरकारको नेतृत्व गरिरहेको एमालेले अर्थ सहितका मन्त्रालय आफूसँग राख्नेछ।

वाम गठबन्धनले मधेसकेन्द्रित दललाई समेत सरकारमा ल्याउनेगरी छलफल थालेका थिए। तर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको ग्यारेन्टी नभएसम्म नयाँ सरकारमा जान नसकिने बताएपछि तत्काल मधेसकेन्द्रित दल सरकारमा आउने सम्भावना कम रहेको छ।

वाम गठबन्धनले आजै सरकार विस्तारको तयारी गरेको छ। माओवादीबाट केही मन्त्रीले आजै सपथ लिने सम्भावना रहेको माओवादीका एक नेताले बताए।