सडक बालबालिकाहरुलाई खाद्यन्न सहयोग - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

सडक बालबालिकाहरुलाई खाद्यन्न सहयोग



बुटवल । रुपन्देही खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले प्रजातन्त्र दिवस अवसरमा बुटवलमा सडक बालबालिकाहरुलाई खाद्यन्न सहयोग गरेको छ ।

बुटवलको शुख्खानगरमा रहेको सिजर्नशिल संस्था नेपालमा रहेका सडक बालबालिकाहरुलाई खाद्यन्नहरु बितवरण गरिएको हो ।

बुटवलमा आयोजित एक समारोहका बिच संस्थाका पदाधिकारीलाई हस्तान्त्रण गरिएको कार्यक्रमा ख्ुद्रा किराना व्यवसायी संघकी अध्यक्ष कमला गौतम महा सचिव ज्ञान प्रसाद न्यौपाने,सचिव कृष्ण पाण्डे ,कोषध्यक्ष मोहन बस्याल बोल्दै सडक बाल बालिका संरक्षण गर्नु सवैको दाहित्व भएको बताएका थिए ।

खुद्रा किराना व्यवसायी संघको सामाजिक कार्य अन्र्तगत यस्ता कार्यहरुलाई निरन्तरता दिने संघकि अध्यक्ष गौतमले बताईन् ।सघले यसअधि बाढि पिडीत,अग्नी पडित,बृश्रा आश्रममा सहयोग गरेको छ ।