समृद्धिको नेतृत्व एमालेले गर्छ : नेपाल - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

समृद्धिको नेतृत्व एमालेले गर्छ : नेपाल



रौतहट, रासस । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले रौतहटको गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुने बताए ।

उनले एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएको सम्भवतः आजै यस कुराको निर्णय हुने बताए ।