मेलानको अध्यक्षमा पौडेल - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

मेलानको अध्यक्षमा पौडेल



बुटवल ।मेडिकल ल्याव्रोटरी एशोसिएशन अफ नेपाल (मेलान)को तेस्रो अधिवेशन सम्पन्न भएको छ । गुणनिधि खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेलानका केन्द्रीय महासचिव राजेश खड्का, केन्द्रीय केषाध्यक्ष नेपाल औषधि ब्यवसायी संघ लुम्बिनी अञ्चल शाखा अध्यक्ष शिव ज्ञवाली, मानवअधिकार तथा शान्ती समाज जिल्ला शाखा रुपन्देहीका उपसभापति डिपि खनाल लगायतले बोल्दै मेलानको कार्यको प्रशंसा गर्दै आगामि दिनमा पनि अझ प्रभावकारी रुपमा कार्य गर्न आग्रह समेत गरेका थिए ।

अधिवेशनले नारायण पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । मेलानको उपाध्यक्षमा बालाकृष्ण पौडेल(बष्णु), सचिवना अमर थापा, कोषध्यक्षमा अस्मीता बिसि तथा सह सचिवमा अर्जुन भण्डारी चएन भएका छन् ।

सदस्यहरुमा गणेश पछाई, दिपक क्षेत्री, पशुपति भट्टराई, सीता थापा, सागर पाठक, प्रविन शाहा, अनिल आचार्य, चित्रमाया थापा, बालकृष्ण पौडेल र सृजना पोखरेल चएन भएका छन् ।