एकता हुने र सरकारमा जाने कुरा टुङ्गियो - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

एकता हुने र सरकारमा जाने कुरा टुङ्गियो



काठमाडौं- वाम गठबन्धनका प्रमुख नेताबीच पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउँदै सरकार गठनलाई पूर्णता दिने सहमति भएको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान करिब ४५ मिनेट भएको भेटवार्तामा सरकार गठनलाई पूर्णता दिने र पार्टी एकताका बाँकी विषयमा सहमति जुटाउने विषयमा छलफल भएको हो।

जिल्ला भ्रमणमा निस्कन लागेका माओवादी अध्यक्ष दाहालले शनिबार बिहान १० बजे प्रधानमन्त्री ओलीसँग एक्लै भेटवार्ता गरेका थिए। दुवै दलका प्रमुख नेताले भोलि एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुंगोमा पुर्‍याउने सहमति गरेका छन्। एमाले अध्यक्षका प्रेस संयोजक चेतन अधिकारीले भोलि एकता संयोजन समितिको बैठक बसेर सरकारलाई पूर्णता दिने र एकतालाई निष्कर्षमा पुर्‍याउने सहमति बनेको बताए।