देउवामाथि यसरी खनिए नवराज सिलवाल - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

देउवामाथि यसरी खनिए नवराज सिलवाल



काठमाडौं– कीर्ते मुद्दामा फरार रहेका एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिवलालले शेरबहादुर देउवाको राजीनामापछि खुसी व्यक्त गर्दै ट्वीट गरेका छन्।

बिहीबार दिसँसो ४:३८ बजे उनले लेखेका छन्,‘कानुनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ।’

उनलाई प्रहरीले फरारको सुचिमा राखेको छ, तर पनि सामाजिक संजालमा भने सक्रिय छन् ।

सिलवालले आफूलाई देउवाले प्रतिशोधस्वरुप फसाउन खोजेको आरोप लगाउदै आएका छन्। उनीविरुद्धको कीर्ते मुद्दा बुधबार मात्र जिल्ला सरकारी वकिल कार्यालयमा पुगेको थियो।

आइजिपी नियुक्ति सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कीर्ते कागज पेश गरेको आरोप उनीमाथि लागेको छ।