सांसद बन्न पाउँछन् सिलवाल - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

सांसद बन्न पाउँछन् सिलवाल



ललतिपुर-२ बाट निर्वाचित नवराज सिलवालविरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार किर्ते मुद्दा दर्ता गर्ने तयारी गरेको छ। मुद्दा दर्ता भए पनि सिलवाल सांसद बन्न  कुनै कानुनी अड्चन हुँदैन।

नेपाल प्रहरीका पूर्व डिआईजी सिलवाल विरुद्ध कार्यसम्पादन मुल्याङ्कन किर्ते गरेको अभियोगमा मुद्दा दर्ताको तयारी भैरहेको छ। तर संविधान अनुसार उनको पद फौजदारी अभियोग प्रमाणित भएमा मात्र गुम्नेछ।

संविधानको धारा ८७ को (ग)मा ‘नैतिक पतन देखिने वा फौजदारी कसूरमा सजाय नपाएको’ व्यक्ति सांसद बन्न योग्य हुने उल्लेख छ। संघीय संसद सचिवालयका कानुनी सल्लाहकार अर्जुन खड्काले मुद्दा दर्ताकै भरमा सिलवालको सांसदको सपथ नरोकिने बताए।