रामापुर रिभाइवल बोर्डिङले रजत माहोत्सव मनाउने - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

रामापुर रिभाइवल बोर्डिङले रजत माहोत्सव मनाउने



माघ २८ सैनामैना
कृष्ण भण्डारी
सैनामैना ८ मा रहेको रामापुर रिभाइवल इङ्गलिश बोर्डिङ स्कुलले रजत माहोत्सव मनाउने भएको छ । स्कुलको आफ्नो २५ औ वार्षिकोत्सव तथा रजत महोत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रमको पूर्व सन्ध्यामा आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

विद्यालय व्यवस्थापन समुहकि अध्यक्ष सुशीला शर्माको आध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण प्रसाद शर्माले यस विद्यालयलाई यहाँ सम्म पुर्याइल्याउने सम्पूर्ण व्यक्तिहरूलाई उक्त रजत महोत्सवमा सम्मान गर्नुका साथै एस.ई . ई २०७३ मा जी.पी.ए ४.०० ल्याई नेपाल प्रथम हुन सफल विद्यार्थीलाई सम्मान गरिने जानकारी गराएका थिए ।

विद्यालयमा एक हाप्ते खेलकुद कार्यक्रमहरू विद्यार्धी आभिभावक र शिक्षक बिच विभिन्न खेलकुदका कार्यक्रमहरू हुने जानकारी गराएका थिए । सोही अनुसार यही माघ २९ देखि सुरु हुने कार्यक्रमा माघ २९ गते अन्तर स्कुल जिल्ला स्तारिय हाजिरीजावफ प्रतियोगिता माघ २ गते कक्षागत खेलकुद, माघ ३ गते अन्तरसदनात्मक खेलकुद माघ ४ गते डन्डीबियो खेल महिला आभिभावक तथा मैत्रीपूर्ण भलिबल – शिक्षक र पुरुष आभिभावक बिच हुने माघ ५ गते सरसफाइ हाजिरी जवाफ शिक्षक र शिक्षिका बिच, माघ ६ गते प्रभातफेरि कार्यक्र त्यस्तै माघ ७ गते पुरस्कार वितरण कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम तथा माघ ८ गते मूल समारोह तथा विविध सांस्कृतिक कार्यक्रम रहेको विद्यालयको प्राचर्यले जानकारी दिए।

सुशीला शर्माले आउँदा दिनहरूमा यस विद्यालयले एस.ई.ई २०७३ मा जी.पी.ए ४.०० अङ्क ल्याई राष्ट्रमा नै परिचित हुन पुगेकोमा खुशी ब्यक्त गरिन ।