बुटवलका विद्यार्थीले स्कुलमै राखे हाटबजार - Himal Post Himal Post
  • १९ पुष २०८१, शुक्रबार
  •      Fri Jan 3 2025
Logo

बुटवलका विद्यार्थीले स्कुलमै राखे हाटबजार



झविन्द्र देवकोटा
बुटवल। बुटवल–८ सुख्खानगरमा रहेको अक्सफोर्ड ईङ्गलिस माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालय प्रांगणमा शुक्रबार एक दिने हाट बजार लगाएका छन् । कक्षा ६, ७ र ८ का ३ सय ५० बढी विद्यार्थीहरुले आफ्नो विषयकगत कोर्षमा पर्ने ओभीटीई अन्तरगत ब्यवसायिक दक्षताबृद्धिका लागि एक दिने हाटबजार लगाएका हुन् ।

हाटबजारमा विद्यार्थीहरुले दैनिक उपभोग्यबस्तु, तरकारी, रेष्टुरेण्ट, सिंगार सामग्री तथा चटपट राखेर सोही विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई विक्रि वितरण गरेका छन् ।

विद्यार्थीहरुले आफुले बाहिरबाट खरिद गरि ल्याएका बस्तुहरुलाई हाटबजारमा विक्रि वितरण गरेको विद्यालयका प्रिन्सिपल दिनेश भूषालले जानकारी दिनुभयो । सोही विद्यालयका शिक्षकको सहयोगमा राखिएको हाटबजार विद्यार्थीहरुले दिनभर संचालन गरेका थिए ।ब्यवसायिक क्षमता अभिबृद्धि गर्नुुका साथै पेशा, प्रविधि र सीपप्रति विद्यार्थीमा ज्ञानको विकास गराउने उद्देश्यले विद्यार्थीहरुले हाटबजार संचालन गरेको प्रिन्सिपल भूषालले बताउनुभयो । साप्ताहिक रुपमा बजारहरुमा लाग्ने हाटबजार जस्तै प्रकृतिको देखिएको हाटबजारमा बस्तु विक्रि गर्ने विद्यार्थी र खरिद गर्ने विद्यार्थी, शिक्षक तथा अभिभावकको बाक्लो सहभागिता रहेको थियो ।

ब्यवसायिक सीपको विकास विद्यार्थी जीवनदेखिनै गराउने र विद्यार्थी जीवन र ब्यवसायलाई एक आपसमा जोड्ने उद्देश्य राखेर आयोजना गरिएको हाटबजारमा एक हजारभन्दाबढी शिक्षक, विद्यार्थी र अभिभावकले नगदै तिरेर आफुलाई आवश्यक पर्ने सामग्रि खरिद गरेका थिए । अतिरिक्त कृयाकलाप अन्तरगत विद्यालयले हाटबजार लगायतका कार्यक्रम संचालनका लागि समयसमयमा यस्ता अवसर दिदै आएको विद्यालयले जनाएको छ ।