आर्थिक समृद्धि अबको बाटो : खाँण - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

आर्थिक समृद्धि अबको बाटो : खाँण



बुटवल  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले अब सबैको ध्यान आर्थिक समृद्धितर्फ हुनुपर्ने बताएका छन् ।

एकीकृत विद्यालय एशोसिएनस (रिसन) रूपन्देहीको आयोजनामा भएको शैक्षिक महोत्सवलाई उदघाटन गर्दै खाँणले अब आर्थिक समृद्धि र विकास नै अबको राजनीतिक एजेण्डा हुनुपर्ने बताए । उनले प्रदेशको राजधानी रूपन्देहीलाई तोकिएको भन्दै अब प्रदेशलाई समृद्धिको हिसाबले पनि एक नम्बर बनाउनुपर्ने उनले बताए ।

उनले राजनीतिक अस्थिरताबाट देशमा विकासले फड्को नमारेको भन्दै अब बन्ने स्थायी सरकारले समृद्धि तर्फ ध्यान दिनुपर्ने बताए । संविधान निर्माण, त्यसको कार्यान्वयनको चरणमा नेपाली काँग्रेसले महत्वपूर्ण अगुवाई गरेको भन्दै अबको पाँच वर्ष चनाखो गरी प्रतिपक्षमा बसेर जनताको सेवा गर्ने उनले बताए ।

उनले प्रदेशको अस्थायी मुकाम रूपन्देहीलाई तोकेको भन्दै अब जिल्लामा प्रदेश स्तरका संरचना निर्माणमा ध्यान दिने बेला आएको बताए । उनले खेलकुदको विकासका लागि प्रदेशस्तरीय खेलमैदानको आवश्यकता रहेको भन्दै त्यसका लागि आफूले सक्दो पहल गर्ने बताए । निजी, सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउन अब सवैले साझा धारणा बनाउनुपर्ने उनको भनाई थियो ।

खेल महोत्सवमा २२ विद्यालयका १ हजारभन्दा बढी विद्यार्थी सहभागी रहेको रिसन रूपन्देहीका अध्यक्ष मधुप्रकाश ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा छात्र÷छात्राबीच छुट्टा छुट्टै ५२ वटा खेल हुने रिसनका संस्थापक अध्यक्ष डिबी थापाले बताए । रिसनमा २५ विद्यालय आबद्ध छन् । खेल महोत्सव ३ दिनसम्म चल्नेछ ।
‘स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद, अनुशासनका लागि खेलकूद’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । सभ जुनियर, जनियर र सिनियर गरी ३ भागका विद्यार्थीहरूलाई विभाजन गरी खेल खेलाइन रिसनका सचिव राजेन्द्र कुँवरले जानकारी दिए ।