भाउजुलाई बिबाह गरेपछि दाजुभाई मिलेर अर्घाखाँचीमा भाईको हत्या
नवीन केसी/अर्घाखाँची
अर्घाखाँची जिल्लाको सनपा वडा नं ५ को ठुलाटारीमा दाजुभाई बिच बिबाद हुदाँ एक जनाको हत्या भएको छ ।
कपिलबस्तु जिल्ला महाराजगंज ६ बस्ने बर्ष २९ को दयासंकर पाश्वान र बर्ष २३ को कृष्ण पाश्वानले भाई बर्ष २२ को प्रेम पाश्वानको हत्या गरेका छन । बिहिबार बेलुका दाजु भाई बिच श्रीमतीको बिषयमा बिबाद हुदाँ झगडाले उग्र रुप लिदा भाई प्रेमलाई चक्कु तथा गलले हानेर घाईते बनाएको र उपचारको क्रम्मा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रदिप कुमार डि.सिले जानकारी दिए ।
दयासंकरले सुरुमा बिबाह गरि तीन छोरा छोरी भएकी श्रीमती भाउजु पर्नेलाई प्रेमले बिबाह गरि अर्घाखाँचीनै राखेका थिए । हत्या संलगन दुबै जनालाई स्थानीयको सहयोगमा पक्राउ गरि कर्तव्य ज्यान अन्तरगत मुद्धा दर्ता गरि कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनिहरु बिगत ५ बर्ष देखी बाँगी खोलमा गिटि बालुबाको काम गर्दै आएका थिए ।