अखिल (छैठौं) अर्घाखाँचीद्वारा आउंदो फागुन ४ गते जिल्लाको बिस्तारित बैठक गर्ने निर्णय - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

अखिल (छैठौं) अर्घाखाँचीद्वारा आउंदो फागुन ४ गते जिल्लाको बिस्तारित बैठक गर्ने निर्णय



अर्घाखाँची । अखिल (छैठौं) अर्घाखाँचीले आउंदो फागुन ४ गते जिल्लाको बिस्तारित बैठक गर्ने निर्णय गरेको छ ।

अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,कोषाध्यक्ष पुरन नेपालीको स्वागत मन्तव्य र सह–सचिव सन्देश खनालको संचालनमा सम्पन्न भएको बैठकले यस्तो निर्णय गर्दै फागुन ४ गते भित्रमा जिल्लाका बिभिन्न स्थानमा सांगठनिक बिशेष कार्यक्रम संचालन गर्ने,४ गते सन्धिखर्कमा प्रशिक्षण सहित बिस्तारित बैठक गर्ने,आसन्न चैतमा हुन लागेको राष्ट्रिय परिषद बैठकमा जिल्लाबाट प्रतिनिधिहरु सहभागि गराउने र आगामी चैत महिना भित्रमा संगठनको २४ औं जिल्ला सम्मेलन गर्ने गरि तयारी अगाडि बढाउने निर्णय भएको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।

संगठनको केन्द्र तथा प्रदेशका तत्कालिन कार्यक्रम र जिल्ला समितिको जिम्मेवारीको बारेमा प्रष्ट पारी अध्यक्ष गोपाल प्रसाद भट्टराईले सहजीकरण गर्नुभएको बैठकमा अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवंरले प्रशिक्षण मुलक भनाई राख्दै मुलुकमा जे–जती परिवर्तन भएपनि सम्पूर्ण बर्गिय मुक्तिको निम्ती नयाँ जनवादी क्रान्तिको बिकल्प नभएको बताउनुभएको छ ।

उपाध्यक्ष कुवंरले पूजीवादी युगको अन्त्य गरि नयाँ जनवादी क्रान्ति प्राप्त गर्न सचेत युवा बिद्यार्थीहरुद्धारा सघंर्षलाई दरिलो बनाउनुपर्नेमा जोड दिनुभएको छैठौका जिल्ला सदस्य हिम्मत खनालले जानकारी दिनुभएको छ ।