एमालेमा राष्ट्रपति बन्न लबिङ - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

एमालेमा राष्ट्रपति बन्न लबिङ



नागरिक दैनिक :-

एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ। बर्तमान राष्ट्रपति विद्यादेखी भण्डारीले दोहोरिने ईच्छा देखाएकी छिन्।

एमाले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिमा दावी गरेका छन् । भण्डारी राष्ट्रपति हुनुअघि उनी एमाले पदाधिकारी थिइन्।

भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग राष्ट्रपतिमा दोहोरिन ईच्छा दर्शाएकी छिन् ।

गत महिना माओवादी अध्यक्ष दाहाल परिवारलार्य राष्ट्रपति निवासमै डिनर दिएकी भण्डारीले यसैसाता ओली र दाहाललार्य बोलाएर लन्च मिटिङ गरेकी छिन् ।