बिदेशबाट आउने खाद्य पदार्थमा प्रमाणपत्र अनिवार्य - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

बिदेशबाट आउने खाद्य पदार्थमा प्रमाणपत्र अनिवार्य



कारोबार –

काठमाडौं – विदेशी मुलुकबाट आयात हुने पदार्थमा अनुमतिपत्र अनिवार्य गरिएको खबर छ  ।

लेबल नभएका गुणस्तरहीन खाद्यान्न भित्रन थालेपछि त्यसलाई नियन्त्रण गर्न आद्यपदार्थ आयात गर्नुभन्दा पहिले नै अनुमतिपत्र दिनुपर्ने व्यवस्था गरिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरयुक्त खाद्यान्न आयात गर्न विदेशी जुनसुकै मुलुकबाट आयात हुने खाद्यन्नमा अनुमतिपत्र अनिवार्य गरेको हो।

यसअघि खाद्यबाट अनुमति नलिई सिधै भन्सारबाट अनुमति लिएर खाद्य पदार्थ भित्रिने गरेको थियो।

यसअघि घिउतेल, पानी , दूध तथा दुग्धजन्य पदार्थ र खानेकुरा, जुस र वेभरेजमा मात्र अनुमति लिनुपर्ने व्यवस्था गरिएकोले अबदेखि आयातित सबै खाद्य पदार्थमा अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ।

आयात गर्ने सामान सम्बन्धित देशले उपलब्ध गराएको गुणस्तरको प्रमाणपत्रको आधारमा गुणस्तर र स्वास्थकर भएमात्र आयातको लागि अनुमति दिने गरेको विभागले जनाएको छ ।