दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ:शर्मा - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ:शर्मा



सुर्खेत- माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताएका छन्।

प्रेस सेन्टर प्रदेश नम्बर ६ सुर्खेतले आयोजना गरेको कार्यक्रममा नेता शर्माले एकता घोषणा हुन मात्र बाँकी रहेको र त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए।

‘दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ’, उनले भने।

नेता शर्माले पार्टीको एकताको विपक्षमा जाने छुट कसैलाई नभएको उल्लेख गरे।

उनले थपे, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा कुनै प्रभाव पार्नेछैन।’

नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउँदै एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न समेत आग्रह गरे। रासस