उखुबारीमा फालिएकी तीन महिने बालिकाको उद्दार ! - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

उखुबारीमा फालिएकी तीन महिने बालिकाको उद्दार !



काठमाडौं २२ माघ । उखुबारीमा फालिएकी तीन महिने बालिकालाई महोत्तरीको औरही नगरपालिका-१ बाट प्रहरीले उद्धार गरेको छ। उखुबारीमा साँझको समयमा रोइरहेकी बालिकालाई प्रहरीले उद्धार गरेको हो।

बर्दिबास-औरही-जलेश्वर सडकखण्ड अन्र्तगत औरहीको सरस्वती आयल सेन्टर भन्दा एक सय मिटर दक्षिण सडक भन्दा करिब ५० मिटर भित्रको उखुबारीबाट बालिकालाई प्रहरीले उद्धार गरेको हो।

प्रहरी गस्तीको क्रममा उखुबारीमा बालिका रोइरहेको सुनेपछी औरही प्रहरी चौकीका असई टलक भण्डारीको टोलीले उद्धार गरेको हो।प्रहरीले बच्चाको स्वास्थ्य परीक्षणपछि स्थानीय इन्सुफ लहरीलाई तत्कालका लागि दुधदानी खरिद गरेर रेखदेखको लागि जिम्मा दिएको छ।

बच्चा कसरी उखु बारीमा पुग्यो भन्ने बारे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश मल्ले जानकारी दिए।
– अन्नपूर्णपोष्टबाट