प्रवासी नेपाली मञ्चको बिदाई कार्यक्रम सम्पन्न । - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

प्रवासी नेपाली मञ्चको बिदाई कार्यक्रम सम्पन्न ।



ओम प्रकाश बानियाँ/दोहा, कतार

प्रवासी नेपाली मञ्च कतारले मञ्चका सल्लाहकार सदस्य महोमद सिद्दीकीको बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

लामो समय प्रवासी नेपाली मञ्च कतारमा अभिभावकिय भुमिका निर्वाहा गर्दै आउनु भएका सिद्दीकी कतार बसाईलाई बिट मार्दै नेपाल प्रस्थान गर्ने लाग्नु भएको हो । सनैया स्थित ग्रान्ड महलको अरेबियन फ्राईड चिकेन रेस्टुरेन्टको सभाहलमा सन्चालित कार्यक्रमको सभापतित्वमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल अतिथिहरुमा चानीलाल राजधामी, अब्दुल हफिज, दिल किरण खुजुम, भुपाल राई, नवराज विक, ढाल सिंह बेपत्ता मगर लगायत रहनु भएको थियो ।

शुभकामना मन्तव्य दिनु हुँदै पुर्व प्रवासी नेपाली मञ्च अध्यक्ष दिल किरण खुजुमले पार्टी संगठनमा अभिभावकिय भुमिका निर्वाहा गर्नु हुने महमोद सिद्दीकीलाई बिदाई गर्दा आफुलाई दु:ख लागेको महशुस गर्नु भयो । खुजुमले थप्नु भयो उहाँले जसरी यहाँ पार्टी र संगठनको लागि लड्नु भयो अब नेपालमा समेत यस्तै भुमिका खेल्नु हुनेछ भन्ने विश्वास रहेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै मोहमद सिद्दीकीले यस्तो मिलानसार साथी सहयोगीलाई आफुले छोडेर जानु परेकोमा अत्यन्तै दु:ख लागेको बताउनु भयो । यतिन्जेल सम्म मलाई साथ सहयोग गर्नु हुने सम्पुर्ण अग्रजहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रमका सभापति एबम प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेलले मोहमद सिद्दीकी जस्तो असल क्षमतावान कम्रेडलाई विदाई गर्दा दु:ख त अवस्य लाग्छ नै तर पनि अब बाम गठबन्धनको सरकार चाडैं बन्ने भएकोले उहाँ लगायत हामी प्रवासमा रहेकाहरु अब चाडैं नै नेपाल जाने दिन नजिक रहेको बताउनु । पार्टी संगठनले तपाईंलाई सकारात्मक कुराको लागि जस्तो सुकै सहयोग गर्ने पनि तयार रहेको स्पस्ट पार्नु भयो ।

सो बिदाई कार्यक्रम मञ्चका कार्यवाहक महासचिव प्रभात त्रिपाठीले सन्चालन गर्नु भएको थियोे ।