प्रदेश तथा प्रतिनीधी सभा निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेस क्षेत्र नं ५द्वारा कारवाहीको सीफारीस - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

प्रदेश तथा प्रतिनीधी सभा निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेस क्षेत्र नं ५द्वारा कारवाहीको सीफारीस



वुटवल । नेपाली कांग्रेस क्षेत्र नं ५ का सभापती वसीउल्लाह मुसलवानको अध्यक्षतामा वसेको वैठकले प्रदेश सभा तथा प्रतिनीधी सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै पुर्व जिल्ला सदस्य डिल्लीराज ज्ञवाली ,महासमीती सदस्य अमेरीका कहार ,पुर्व महाधिवेशन प्रतिनीधी कृष्ण वहादुर चुनारा ,पुर्व जिल्ला सदस्य सम्राट चन्द्र चुनारा ,सैनामैना नपा वडा नं ८ का अध्यक्षका उम्मेदवार रघुनाथ घीमीरे ,कृयाशील सदस्य शेखर श्रेष्ठ ,लुम्वीनी सांस्कृतीक नगरपालीका वडा नं ११ का सभापती शेषमन दुवे ,३ का सभापती सायल मुसलवान , ४ का सभापती रमा शंकर मिश्रा ,तरुणदल जिल्ला सदस्य प्रदेशी यादव ,क्षेत्रीय सदस्य लयसमहमदनाउ मुसलवान ,कृयाशील सदस्य रवि शंकर त्रिपाठी र राकेश तीवारी लाई नेपाली कांग्रेस जिल्ला समीती र केन्द्रीय समीती समक्ष कारवाहीको सीफारीस गरेको छ ।

प्रतिनीधी सभाका माननीय सांसद भरत कुमार शाह , ५को २ का प्रदेश सदस्य फकुरउद्ीन खा , ५को १ का प्रदेश सदस्यका उम्मेदवार विष्णु पोखरेल, जिल्ला तथा क्षेत्रीय समीतीका पदाधिकारी महासमीती सदस्य ,महाधिवेशन प्रतिनीधी वडा सभापती वुथ सभापती सहीत सवेको वैठकले सो निर्णय गरेको हो । क्षेत्र नं ५ वाट निर्वाचीत हुनु भएकोमा भरत कुमार शाह र ५ को २ वाट निर्वाचीत फकुरुद्धीन खा लाई वधाई ज्ञापन गर्नुको साथै नेपाली कांग्रेसलाई मतदान गर्नु हुने मतदातालाई वधाई दिने निर्णय पनी क्षेत्रीय समीतीले गरेको छ ।