प्रचण्डद्वारा युवा क्रिकेटर सन्दीप लामिछानेलाई बधाई - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

प्रचण्डद्वारा युवा क्रिकेटर सन्दीप लामिछानेलाई बधाई



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई इन्डियन प्रीमियर लिग (आइपीएल) का लागि अनुबन्धीत भएकोमा बधाई दिएका छन्

क्रिकेटको महाकुम्भ आइपीएलको ११ संस्करणका लागि नेपालका लेग स्पिनर १७ वर्षीय सन्दीपलाई आइतबार भएको अक्सनमा दिल्ली डेयरडेभिल्सले ३२ लाख रुपैयाँमा किनेको थियो। आइपीएल खेल्ने सन्दीप पहिलो खेलाडी हुन ।

सामाजिक सञ्जाल फेसमा अध्यक्ष प्रचण्डले दिएका शुभकामना तथा बधाई सन्देशमा भनिएको छ, ‘इन्डियन प्रीमियर लिग छनोट हुनुभएकोमा युवा खेलाडी सन्दीप लामिछानेलाई हार्दिक बधाईका साथ खेल जगत्मा निरन्तर प्रगति र उज्ज्वल भविक्ष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु