बद्री ,जीवन र सम्झनाले झुमाए दिल्लीमा दर्शक (फोटो फिचर) - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

बद्री ,जीवन र सम्झनाले झुमाए दिल्लीमा दर्शक (फोटो फिचर)



नयाँ दिल्ली ,भारतको राजधानी नयाँ दिल्लीमा प्रसिद्ध नेपाली गायक गायिकाको प्रस्तुतीमा इण्डो-नेपाल सांस्कृतिक मैत्री महोत्सव धुमधामले सम्पन्न भएको छ ।

संस्कृतिक कार्यक्रमका माध्यमले नेपाल-भारत सम्बन्धलाई थप उचाईमा पुर्याउने उद्धेश्यले देउराली सांस्कृतिक मञ्चले भारतको गणतन्त्र दिवसका अवसरमा कार्यक्रम गरिएको हो ।

पिताम्बर खत्रीले अध्यक्षता गर्नुभएको कार्यक्रममा नेपाली राजदूतावासका काउन्सलर प्रकाशराज पाण्डे प्रमुख अतिथिका रुपमा उपस्थित रहनु भएको थियो ।

नेपाल पत्रकार महासंघका महासचिव समेत रहनु भएका गोविन्द पोखरेलले सञ्चालन गरेको कार्यक्रममा विभिन्न संघ-संस्थाबाट उपस्थित व्यक्तित्वहरु विशेष अतिथिका रुपमा रहनु भएको थियो । समारोहमा जनगायक जीवन शर्मा, लोकगायक बद्री पंगेनी, नारायण बीपी परियार, सुबोध पोखरेल, राम गहतराज, गायिका सम्झना भण्डारी र विष्णु श्रीपालीले बेजोड प्रस्तुती दिएका थिए ।

समारोहमा स्थानिय कलाकारले नृत्य समेत प्रस्तुत गरेका थिए । समारोहमा स्वागत मन्तव्य राख्दै संयोजक दिल खत्रीले नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । समारोहमा दिल्ली-एनसीआरमा रहने प्रवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तस्बिर :गोपाल भारद्वज