युएईका सामाजिक संस्थाद्वारा सुम्निमाको उद्धार - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

युएईका सामाजिक संस्थाद्वारा सुम्निमाको उद्धार



गुरु प्रसाद रेग्मी ,युएई

वैदेशिक रोजगारीको सिलसिलामा युएई आइपुगेकी सोलुखुम्बु जिल्ला साबिकबुङ -६ निवासी सुम्निमा कुलुङ राई युएईमा घरेलु कामदारको रूपमा कार्यारत थिइन । कम्पनीमा काम लगाइदिने सर्तमा दलालको सेटिङ्ग मार्फत युएई आएकी राई दलालले घरेलु कामदारको रूपमा पठाए पछि दैनिक १५ घण्टा काम गर्न विवश थिइन ।

घरमालिकको विभिन्न शारीरिक र मानसिक पीडाबाट आक्रान्त राई एक घर बाट अर्को घर पटक पटक सारिएको र अत्यन्त कठिन अवस्था सिर्जना भएपछि भागेर नेपाली दूतावास आबुधाबिको सेल्टरमा आएको जानकारी पश्चात् भोजपुर हातेमालो समाज र किराँत राई यायोख्खाका प्रतिनिधिहरू भोजपुर हातेमालो समाजका अध्यक्ष र किराँत राई यायोख्खाका प्रथम उपाध्यक्ष चन्द्र साम्पाङ राईको संयुक्त सहकार्यमा सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी हवाई टिकटको साथमा आर्थिक सहयोग नगद ४०० दिर्हाम उपलब्ध गराई उद्धार गरेको छ ।

सुम्निमाको पिडाले स्तब्ध बनाए पछि दुवै सस्ताका प्रमुख बिचको छलफल पछि रकम सङ्कलन गरेर उनीलाई नगद सहयोग हस्तान्तरण गरिएको भोजपुर हातेमालो समाज युएइका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर राईले जानकारी गराए ।

सम्पूर्ण नेपालीलाई वैदेशिक रोजगारीमा आउँदा सम्बन्धित निकायमा बुझेर मात्र आउन र अन्य दोस्रो मुलुक भारत हुँदै आउन नहुने भन्दै भावी दिनमा सचेत रहन किराँत राई यायोख्खाका कार्यवाहक अध्यक्ष बुद्धि राई (आवेग ) ले सन्देश दिएका छन् ।

यस अघिका दिनहरूमा पनि जिल्लामा परेको आपत् बिपतलाई मध्यनजर गर्दै भोजपुरहातेमालो समाजले सहयोग गर्दै आएको कुरा समाजका महासचिव तीर्थ योन्जनले थपे । विदेश आउँदा सम्पूर्ण नेपाली चेलीलाई बुझेर अनि काठमण्डौ नेपाल कै विमानस्थल प्रयोग गर्न आग्रह समेत गर्दै जनचेतनाका लागी सबैलाई अपिल समेत गरेका छन् ।

पीडित सुम्निमाले आफूलाई नेपाल जान उधार गराउनु हुने सम्पूर्ण ब्याक्तीत्व एवम् समाजलाई धन्यवाद दिइन । उनले थपिन यो गुन म जिन्दगी भरि बिर्सने छैन । म सँग कुनै शब्द नै छैन हजुरहरूलाई धन्यवाद दिनको लागि ।

दुवै संस्थाले नेपाली दूतावास अबुधाबी सगको सहकार्यमा उद्धार गरिएकी राई आज हिमालयन एयरलाईन्सको उडान मार्फत नेपाल प्रस्थान गर्दै छिन ।