मेचीमहाकाली समाजद्वारा बिदाइ कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मेचीमहाकाली समाजद्वारा बिदाइ कार्यक्रम सम्पन्न



केशव चापागाईं/दोहा,कतार

माघ १३/ कतारमा स्थापना भई वैदेशिक रोजगारीका लागि स्वदेश बाट प्रवासमा दु:ख गर्ने हरेक नेपालीको गुनासो सुन्ने अनि उनीहरूको समस्याहरूको समाधान गर्नको निमित्त हरपल साहारा बन्ने साथै राष्ट्रिय पहिचानको लागि विभिन्न समयमा विविध कार्यक्रम गर्दै आएको मेची महाकाली सेवा समाजले प्रवास बाट स्वदेश बिदामा जान लाग्नुभएका आफ्ना संस्थाका पदाधिकारीहरूलाई बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

आज शुक्रवार सनैया स्थित ग्राण्ड महलको चौरमा आयोजना गरिएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष बालकुमारी परियार,संस्थाकी सचिव धनमाया लिम्बू,सह-सचिव सुरज थापा मगर,एरिया सचिव दुर्गा बहादुर कुवर,सदस्यहरू अमर राउत,टंक रसायलीलाई सुखद र सुरक्षित यात्राको कामना सहित संस्थाले बिदाइ गरेको थियो।

महा-सचिव लीला प्रसाद गौतमले सञ्चालन गरेको कार्यक्रममा संस्थाले सिपमुलक तालिम सिलाइ बुनाइ तथा बुटिङ यही मार्च भित्र झापाको बिर्तामोड मा स्थापना गरिने जानकारी दिइयो।देशहितका विषयमा अन्य विविध विषयमा पनि छलफल गरिएको थियो।