यसरी झुमे कलाकार संगै दर्शक पंजावको लुधियानामा (फोटो फिचर) - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

यसरी झुमे कलाकार संगै दर्शक पंजावको लुधियानामा (फोटो फिचर)



नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले  भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा भारतको पंजाव लुधियानामा  सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । लुधियानाको चिसो मौसममा पनि नेपाली देखि आएका कलाकारले पन्जावाबी भवनमा तातो महसुस गराएका थिए  ।

मुख्य आकर्षणको रुपमा रहेका लोक दोहोरी गयक खुमन अधिकारी स्टेजमा आउदा बितिकै दर्शकको घुईचो बढेको थिए ।अधिकारीले आफुले करिब सात हजार बढी गीतमा स्वर दिएको बताएका थिए ।उनले दर्शकलाई मात्र हैन आफु संगै आएका कलाकारलाई पनि स्टेजमै छम छमी  नचाएका थिए ।

 लोक दोहोरी गायिका सिलु भट्टराईले पनि आफ्नो बहुचर्चित गीत भगेरी चरीले गाउदा दर्शक जुरुक जुरुक भएका थिए भने गायक दिपक गरौजालाई स्टेजमै दर्शकले ढाकेका थिए  ।

हास्य कलाकार उज्वल गिरी ‘दानवीर’ले पेट मिची मिची दर्शकलाई हासाएन  मात्र सामाजिक विकृतिबारे  व्यंग्य पनि गरे ।

कलाकार खेम सेन्चुरीले पनि पन्चेबाजाको गीतमा दर्शक झुमाउनुका   साथै अनुराना  मगर ,नन्दु परियार ,भुवन भुसाल ,डान्सर प्रसिद्धी ढकाल ,सबिता भुसाल ,अमृता अधिकारी ,हामि एक हौ नेपाली सास्कृतिक परीवार करनाल देखि सुमित्रा भुजेल र माया प्रजापति एवं  स्थानीय कलाकारहरुले पनि  आफ्नो प्रस्तुति दिएका थिए  ।

कार्यक्रममा  प्रमुख अतिथि लुधियानाका एम एल ए सुरिन्द्र डावर रहेका थिए ।उनले पंजावमा रहेका नेपालीहरुको खुलेर प्रसंसा गरेका थिए ।खास गरी पन्जाब कै  स्वादिष्ट खाना बनाउने भन्दै डावरले नेपालीहरु एकदमै दयालु भएको बताएका थिए ।

कार्यक्रममा केहि तस्विरहरु: