दिपक मनाङे जेल जाँदा चक्रे मिलनले पाए सफाई - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

दिपक मनाङे जेल जाँदा चक्रे मिलनले पाए सफाई



अवैध सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरण विभागले लगाएको मुद्दामा विशेष अदालतले ‘गुण्डा नाइके’ चक्रे मिलनलाई सफाई दिएको छ। विभागले उनी विरुद्ध ४ वर्ष अघि  ८ करोड अवैध सम्पत्ति जोडेको अभियोग लगाएको थियो।

सदस्य न्यायाधीश रत्नबहादुर वागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठले  चक्रे मिलन भन्ने मिलन गुरूङलाई सफाई दिएको विशेषअदालतले जनाएको छ।

चक्रेमिलन सहित गणेशलामा, दीपक मानाङे, अभिषेश गिरि र परशुराम बस्नेतलाई पनि अवैध सम्पत्ति कमाएको अभियोग लगाएको थियो।

यो मुद्दामा यसअघि विशेषले दीपक मनाङेलाई सफाइ दिइसकेको छ। सम्पत्ति शुद्धिकरण विभागले उनलाई १४ करोड रुपैँया बराबरको सम्पत्ति अवैधरुपमा आर्जन गरेको अभियोग लगाएको थियो। अरु तीन जनाको मुद्दामा भने अदालत फैसला गर्ने क्रममै छ।

चक्रे मिलनकै हात काटेको अभियोगमा अदालतले प्रदेश सभा सांसद दिपक मनांगेलाई जेल सजाय सुनाएको छ भने फरार रहेका उनलाई प्रहरीले खोजिरहेको छ ।