पाँच वर्षे बालकको आन्द्रामा क्यान्सर, सहयोगको अपिल
धनगढी । कैलालीकोे अति दुर्गम गाउँपालिका मोहन्याल वडा नम्मर ७ कुईने बस्ने माझी दम्पती बिरेन्द्र माझी र दीपिका माझीको परिवारमा पहिलो बच्चा छोरा भए पछि गाउँ घरमा खुसीयाली छाएको थियोे ।
सामान्य परिवारमा जन्म भए पनि गाउँ घरमा राम्रो नाम राख्न सफल र मिहिनेती जोडी को त्यो दिन २०७४ साल भदौ २३ गते मा एकासी बज्रपात आईपर्यो । परिवारमा छमछमि हाँस्दै खेल्दै गर्ने वर्ष ५ को छोरालाई आन्द्रामा क्यान्सर भएको पत्ता लाग्यो । उनीहरूले ऋण धन गरी कहिले धनगढी त कहिले कोहलपुर ,नेपालगन्जसम्मका हस्पिटलसम्म उपचार गराए ।
आखिर बच्चाको स्वास्थ्यमा फरक नआउँदा राजधानी हानिए । राजधानीको कान्ति बाल अस्पतालमा उपचार गराउँदा बच्चाको स्वास्थ्यमा केही परिवर्तन त आयो तर डाक्टर को सल्लाह अनुसार करिब ३ वर्ष सम्म बच्चालाई डाक्टरको निगरानीमा राख्नु पर्ने भयो ।
आर्थिक अवस्था कमजोर भएका बिरेन्द्रले छोराको उपचारमा खर्च र आफू पनि काठमाडौँ जस्तो ठाउँमा खान बस्न एकदमै अप्ठारो भएको बताए । उनले छोरा बचाई दिन सबैसँग सहयोगको अपिल गरेका छन् । ‘अबोध बालकको जीवनदानका लागि सहयोग गरिदिनुहोस्’ माझीले अनुरोध गरे ।
सहयोग काे लागि बिरेन्द्र बहादुर माझी फाेन न.9868400053 राष्ट्रिय बाणिज्य बैंक शाखा लम्कि खाता न. ४४५०००५३४११० (445000534110 )