बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको तलब अत्यन्तै कम
ओम प्रकाश बानियाँ
बराह नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्तले अहिले मासिक पारिश्रमिक बापत ६ हजार रुपैयाँ पाउछन् ।
शिक्षण सिकाईको प्रारम्भिक थलोलाई प्रभावकारी बनाउन नेपाल सरकारले पहिला यस्तो घोषणा गरेको थियो । तर आज दिन प्रति दिन हरेक कुराको महगी बढे संगै यो तलब धेरै कम हो भन्ने स्थानीय बुद्धिजीवीहरुको बुझाई छ । ६ हजार र त्यसको भरमा मात्र उनीहरुको जीवनयापन नहुने र तलब कम हुँदा जिम्मेवारीप्रति पनि उदासिन हुने प्रबृत्ति निरुत्साहित भएको उनीहरूको बुझाई छ ।
शैक्षिक गुणस्तर बढाउन तथा सहयोगी कार्यकर्ताको मनोबल उच्च बनाउन माघ महिना देखि नै लागु हुने गरी हरेक गाउँपालिका, नगरपालिकाले ५ हजार बढाएकोमा बराह नगरपालिकामा भने त्यो सुबिधा दिएको छैन । देशभरका बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले कम तलवमा बढी कामको बोझ लिइरहेका बेला नगरपालिकाले हामीलाई नहेरेकोमा उनीहरू दुखी छन् ।
नगरपालिकाले औपचारिक शिक्षाको जग बाल विकास केन्द्रलाई सिकाईको प्रभावकारी थलो बनाउने योजना पनि ल्याएको छ । सबै बाल विकास केन्द्रलाई बालमैत्री बनाउने, शैक्षिक सामग्रीको अभाव हुन नदिने र सिकाईको प्रभावकारी माध्यममा जोड दिएर नमूना बनाउने नगरपालिकाको योजना छ बराह नगरपालिका मेयर निलम खनालले बताउनु भयो । अब चाडैं नै उहाँहरुको माग पुरा हुने र पारिश्रमिक समेत बढाउने वचन मेयर खनालले बताउनु भयो ।
बराह नगरपालिकामा बाल विकास केन्द्र ८५ वटा रहेको छ । जहाँ ८५ जानै सहयोगी कार्यकर्ता छन् ।