पंजाबको लुधियानामा २६ जनवरीमा सांस्कृतिक कार्यक्रम हुने ,आउदैछन् यी कलाकार ! - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

पंजाबको लुधियानामा २६ जनवरीमा सांस्कृतिक कार्यक्रम हुने ,आउदैछन् यी कलाकार !



नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक अङ्ग्रेजी वर्ष एवंम भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा भारतमा रहेका कुनै न कुनै नेपाली सङ्घ सस्थाले सांस्कृतिक कार्यक्रम गर्दै आएका छन्। सोही क्रममा भारत पन्जाब  स्थीत  जनवरी २६ तरिकाका दिन’नेपाली कला सस्कृतिको जगेर्ना ,उत्थान र विकास गरौँ भन्दै न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राव्लस प्रालिद्वारा  सास्कृतिक कार्यक्रम २०१८ गरिने भएको छ ।

प्रवासमा रहेपनि आफ्नो देशको कला ,संस्कृति ,परम्परा र भेषभुषा विभिन्न समयमा विभिन्न सङ्घ सस्थाद्वारा निरन्तरता दिँदै आएका छन् ।

कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहारु लोकदोहोरी गायक खुमन अधिकारी ,गायिका सिलु भट्टराई ,गायक दिपक गरौजा ,खेम सेन्चुरी ,हास्य कलाकार उज्वल गिरी ‘दानवीर’,अनुराना  मगर ,नन्दु परियार ,भुवन भुसाल ,डान्सर प्रसिद्धी ढकाल ,लक्ष्मण खड्का ,सबिता भुसाल ,अमृता अधिकारी आदिको प्रस्तुति रहने छ  ।

बिगत लामो समयदेखि न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राव्लसले लुधियाना ,जालन्धर,हिसार  र करनाल देखि नेपाल आवत जावतको लागि   सेवा दिदै आएको  छ ।बिगतका दिनमा पनि विभिन्न कार्यक्रम गर्दै आएको   छ ।

कार्यक्रम २६ जनवरीको दिन पंजावी भवन  भारत नगर चौक लुधियानामा बिहान ११ बजे देखि हुने छ ।